
पर्वत– पर्वतको फलेवास नगरकार्यपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवासमा बृहद स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।
चितवन मेडिकल कलेजका बरिष्ठ प्रध्यापक मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मी सहित अन्य बिशेषज्ञ टोलीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । फलेवास नगरपालिकाले एक सूचना जारी गर्दै आउँदो चैत १ र २ गते भवानी बिद्यापिठ बिद्यालयमा राखिने स्वास्थ्य शिविरमा स्वास्थय परिक्षण गराउन नगरबासी सहित अन्य ईच्छुकहरुलाई अनुरोध गरेको छ ।
शिविरमा मुटुरोग परीक्षण, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, हाडजोर्नी तथा नशा रोग, नाक कान तथा घाँटी रोग, बाल रोग, दन्त रोग, भिडियो एक्स रे, चिकित्सकको सल्लाह अनुसार ई.सी.जी. सेवा उपलब्ध हुने नगरपालिकाले जनाएको छ । शिविरमा स्वासथय परीक्षण गराउन चहानेहरुले यही फागुनको ३० गतेसम्म वडामा रहेका स्वास्थ्य चौकीहरुमा र नगरपालिकाको स्वास्थय शाखामा चैत २ गते बिहान १२ बजेसम्म नाम दर्ता गराईसक्नुपर्नेछ ।
चैत १ र २ गते चल्ने शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने र दर्ता शुल्क १० रुपैयाँ मात्र लाग्ने पनि नगरपालिकाले जनाएको छ ।