गण्डकी प्रदेश सांसदहरुले स्वकिय सचिब राख्न पाउने - News site from Nepal
गण्डकी प्रदेश सांसदहरुले स्वकिय सचिब राख्न पाउने


माधव पराजुली, पोखरा

गण्डकी प्रदेश सभाका सदस्यहरुले अब एक / एक जना स्वकिय सचिब राख्न पाउने भएका छन् । साउन १ गते देखि नायब सुब्बा शरहको पारिश्रमिक दिएर प्रदेश सभाका प्रति सदस्यहरुलाई एक / एक जना स्वकिय सचिब राख्न पाउने व्यवस्था गर्न लागिएको हो ।

सरकारले बजेटमै प्रदेश सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ ।

 नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्न पाउने गरि बजेटमा त्यसको ब्यवस्था भैसकेको सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले   जानकारी दिनुभयो । उहाँका अनुसार अव मन्त्रीपरिषद् बैठक बसेर  उक्त निर्णय  हुदैछ ।

सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ । उनीहरुको सुविधा थप गर्दा ऐन संशोधन गर्नुपर्छ । आगामी मन्त्रीपरिषद् बैठकबाट ऐन संशोधन गरिने  बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!