‘अपाङगता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस’ - News site from Nepal
‘अपाङगता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस’

काठमाडौं  :  सरकारी कानुन र पुर्वाधार अपाङमैत्री हुनुपर्ने आफुहरुको मागमा राज्यले उदासिनता देखाएको तथा अपाङगमैत्री समाजको निर्माणमा सरकार चुकेको आरोप अपाङगता भएका ब्यक्तिहरुले लगाएका छन् ।

सरकारका सबै संरचनामा आफुहरुलाई समेट्नुपर्ने र अपाङगता सम्बन्धी कानुनलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उनीहरुले मागसमेत गर्दै आएका छन् । कतिपय स्थानमा अपाङगका लागी प्राप्त भएको आरक्षणको पनि दुरुपयोग भएका घटना सार्बजनिक भएका छन् ।  यसैबीच अपाङगता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न चेतनामुलुक कार्यक्रम गरी मनाइदैछ । अपाङगता भएका ब्यक्तिहरुको अधिकारलाई विश्वब्यापी रुपमा स्थापित गर्ने प्रयासस्वरुप सन् १९८१ मा राष्ट्रसंघले अन्तराष्ट्रिय अपाङगता वर्ष घोषणा गरेको थियो । सन् १९९२ मा दश वर्षे कार्ययोजना लागु गरेको दिन डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरिएको थियो । दिवसको अन्तर्राष्ट्रिय नारा ‘अपाङगता भएका ब्यक्तिहरुको सशक्तिकरण समाबेशीता र समानताको सुनिशिचतता’ भन्ने तय गरिएको छ । नेपालमा भने ‘मलाई गणना गर, मलाई समाबेश गर’ भन्ने नारा तय गरिएको छ ।

दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । त्यस्तै सातै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरिएको राष्ट्रिय अपाङग महासंघले जनाएको छ ।  अपाङ्ता भएका व्यक्तिले पनि समान अवसर पाउँछन् : प्रधानमन्त्री ओली  दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा आउन नसकेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउनसरकार अग्रसर रहेको ओलीको सन्देशमा उल्लेख छ । ‘कोही पनि पछाडि नपरून्’ भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!