पर्वत — फलेवास नगरपालिकाको देविस्थानमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। “ग्लोबल पर्वत समाज”को मुख्य आयोजनामा सञ्चालन हुन लागेको उक्त शिविर आगामी २०८२ चैत १४ गते शनिबार आयोजना गरिने जनाइएको छ।
शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह (सुगर) तथा रक्तचाप (प्रेसर) जाँच, सामान्य रोगहरूको परीक्षण तथा परामर्श, साथै कार्डियो–डाइबेटिक सम्बन्धी विशेष सेवा प्रदान गरिनेछ। आयोजकका अनुसार ग्रामीण भेगका सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर फलेवास नगरपालिका–६, देविस्थान मा सञ्चालन हुनेछ । सह–आयोजकका रूपमा ओम मेगाश्री फार्मास्युटिकल्स र मेडिप्लस हस्पिटल ट्रमा सेन्टर रहेका छन् भने व्यवस्थापन फलेवास नगरपालिकाले गर्ने समाजका अध्यक्ष दधी आचार्यले जानकारी दिनुभयो ।
आयोजकले स्वास्थ्य समस्या भएका स्थानीयवासीलाई समयमै उपस्थित भई निःशुल्क सेवा लिन अनुरोध गरेका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्धेश्यले शिविर आयोजना गरिएको र जसवाट आर्थिक रुपमा विपन्न, बृद्ध बृद्धा, र असहाय लाभान्वित हुने अपेक्षा गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।






