एमाले जनप्रतिनिधिहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न  - News site from Nepal
पर्वत– नेकपा एमालेवाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पार्टी नेताहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले कुश्मा नगर कमिटि र कुश्मा नगरपालिका सभादलको संयुक्त आयोजनामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुका लागि वित्तिय व्यवस्थापन, प्राकृतिक श्रोतको परिचालन, स्थानीय सरकारहरुले अवलम्वन गर्नुपर्ने उपायहरु र उनिहरुको भूमिकाका बारेमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी नेकपा एमालेका निति, सिद्धान्त, अन्तरपार्टी निर्देशन, पार्टीले गरेका कामहरु, पार्टी घोषणा पत्र र विगतका अभ्यासहरु लगायतका विषयमा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले जनताको सेवा नै राजनीतिक दल र जप्रतिनिधिहरुको मुख्य कार्यभार रहेको बताउनुभयो । वेथिति, विसंगति, भ्रष्टाचार र ढिलासुस्ती जस्ता विषयहरुलाई न्यूनिकरण गर्दै नागरिकलाई चुस्त, र प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधिहरु सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभएको छ । आसन्न फागुन २१ को निर्वाचन पनि नजिकिँदै गएको अवस्थामा नेकपा एमालेलाई बिजयी बनाउनका लागि सवै एकजुट हुन उहाँले आव्हान गर्नुभएको छ । जेनजीको आवरणमा भएको आन्दोलनले नागरिकमा निराशा पैदा गरेको भन्दै सवै पक्षको मनोवल बढाउने कार्यहरु गर्न आग्रह गर्नुभयो । उहाँले जिल्लाको विकास र समृद्धि गर्ने पार्टी नेकपा एमालेनै भएको र सामाजिक सञ्जालमा फैलाईएका भ्रमहरुको पछि नलाग्न समेत निर्देशन दिनुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सचिबालय सदस्य शान्त पौडेल, पुर्व केन्द्रीय सल्लाहकार मेघनाथ सुवेदी, प्रदेश सदस्य राजु पौडेल, पुर्व सांसद जुना नेपाली, कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजाल, एमाले जिल्ला उपाध्यक्ष विमल लामिछाने लगायतको सहभागिता रहेको थियो ।
एमाले कुश्मा नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गणेश पौडेल र संचालन सचिब जीतबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!