पर्वतमा समानुपातीक तर्फ पनि रास्वपाकै फराकीलो बहुमत  - News site from Nepal
पर्वतमा समानुपातीक तर्फ पनि रास्वपाकै फराकीलो बहुमत 
पर्वत, २४ फागुन : पर्वतमा समानुपातीक निर्वाचन तर्फको मतगणना पनि सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बर भन्दा बढि मत प्राप्त गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले ३० हजार सात सय ३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली काँग्रेसले १३ हजार आठ सय ७४ र तेस्रोमा नेकपा एमालेले १३ हजार तीन सय ४० मत पाएका छन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले तीन हजार सात सय ८४ मत पाएको छ ।
यसरी नतिजा हेर्दा एमाले, काँग्रेस र नेकपा गरी तीनवटै दलले पाएको मत र रास्वपा एक्लैले पाएको मत बराबर जस्तै रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार चार सय ७७, राष्ट्रिय जनमोर्चाले एक सय २८ मत पाएको छ । पर्वतमा समानुपातीक तर्फ साना ठुला गरी १५ वटा राजनीतिक दललाई मत परेको थियो । अन्य राजनीतिक दलको मतसंख्या एक सय भन्दा कम रहेको छ ।
पर्वतमा प्रत्यक्ष तर्फ पनि रास्वपाकै उम्मेदवार सागर भुसालले फराकीलो मतान्तरले बिजयी भएका थिए । प्रत्यक्ष तर्फ खसेको मत र समानुपातीक तर्फको मतमा पनि काँग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो तथा राप्रपा पाँचौ स्थानमा परेका हुन् ।
पर्वतमा यस अघि नेकपा एमालेका उम्मेदवार पदम गिरी लगातार दुई पटक बिजयी भएका थिए भने भने त्यस अघि तीन पटकसम्म नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी बिजयी भएका थिए ।
पुराना राजनीतिक दल र पटक पटक दोहोरिएका उम्मेदवारहरुप्रति नागरिकको असन्तुष्टि बढेका कारण पनि विगतका निर्वाचन भन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्ेमदवार भुसाल बिजयी हुनुका साथै समानुपातीक तर्फ पनि नयाँ दलले नै बढि मत पाएको हो ।  पर्वतमा समानुपातीक तर्फ ६६ हजार दुई सय ८७ मत खसेकोमा एक हजार छ सय ५४ मत बदर भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!