पर्वत २४ फागुन : अन्तर्राष्ट्रिय पर्बत समाजको पाँचौ महाधिवेशन शनिवार पर्वत सदरमुकाम कुश्माबजारमा भव्य रुपमा सम्प्न्न भएको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका दधी आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा संगीता कार्की, उपाध्यक्षमा मणि प्रसाद भुर्तेल, बाबुराम शर्मा, प्रकाश पौडेल, रुद्रमणी लम्साल, रामकृष्ण रेग्मी, दिनेशराज रेग्मी, जनक सुवेदी र नन्दलाल बि क (अजय) रहनुभएको छ ।
यसैगरी महिला उपाध्यक्षमा ढाका कुमारी भट्टराई (देबु), महासचिव कमल लामिछाने, सचिवमा सन्तोष पौडेल, रामहरि शर्मा, राम प्रसाद बास्तोला, दिपक न्यौपाने, विशाल रेग्मी रहनुभएको छ ।
यसैगरी संस्थाको कोषाध्यक्ष तिलक प्रसाद सापकोटा दोहोरिनुभएको छ भने नेपाल प्रतिनिधि मुना भुसाल हुनुहुन्छ । संस्थाको सहकोषाध्यक्ष कृष्ण घतान, प्रबक्तामा अनन्त लामिछाने, मध्य पुर्ब संयोजकमा रघुनाथ शर्मा, एसिया प्यासिफिक संयोजकमा रमेश राज जैसी, युरोप संयोजकमा अप्सरा गुरुङ, अमेरिका संयोजकमा पुस्पराज रेग्मी रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा कमल बिक्रम के सि, कमल बहादुर सापकोटा, भरत मल्ल ठकुरी, आनन्द जि सि, ओम प्रकाश न्यौपाने, जगदीश पौडेल, श्याम पौडेल, नवराज आचार्य, रामकृष्ण आचार्य, र जीवन पौडेल रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष दधी आचार्यले आफ्नो कार्यकालमा पर्वत जिल्लाको विकास र समृद्धिका लागि देखिने र पर्वतवासीले अनुभूति गर्नेगरी काम गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले जिल्लाका विज्ञ, बुद्धिजिविसँगको छलफल र बिचार विमर्श गरी स्वदेशि तथा विदेशी लगानीमा विभिन्न योजनाहरु संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस अघि आयोजित उद्घाटन समारोहमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा मुख्य संरक्षक पुरन गिरीले विभिन्न पेशा व्यावसायका कारण प्रदेशमा रहनुपरे पनि पर्वत जिल्ला प्रतिको माया र सद्भाव आगाध रहेको बताउनुभयो । उहाँले जिल्लाको विकास निर्माणसँग शिक्षा, स्वास्थ्य खानेपानी तथा विपन्न समुदायको जीवनस्तर उकास्न संस्थाले स्थापना कालदेखिनै निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता क्षेत्रमा लगानी र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सांसद रेखा गुरुङ, ंसंूस्थाका सल्लाहाकार गोबिन्द सुवेदी शिव, नेकपा एमालेका अध्यक्ष गोबिन्द पहाडी, नेपाली कम्युनिष्ट पार्टीका संयोजक उमाकान्त भुर्तेल, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गुरास शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष दधी आचार्य र संचालन महासचिब कमल लामिछाने र संगिता कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुरन गिरीको परिवारवाट शिवालय मावि कुश्मा र मंगलोदय मावि चुवालाई अक्षयकोष स्थापना गर्नका लागि एक लाख ५० हजारको दरले आर्थिक सहयोग प्रदान गरिएको थियो ।
सो अवसरमा राष्ट्रिय तथा स्थानीय कालाकारहरुद्धारा विभिन्न प्रस्तुतीहरु राखिएको थियो ।






