पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल भारी मतले बिजयी  - News site from Nepal
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल भारी मतले बिजयी 
पर्वत, २३ फागुन : पर्वतमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार पाँच सय ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी भन्दा १० हजार ६ सय ७ मतको फराकीलो अन्तरमा बिजयी हुनुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार नौ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले चार हजार पाँच सय ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सय २५, नेकपा माओवादीका उम्मेदवार कृष्णबहादुर विकले एक सय १८, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचाङ्गी पुनले एक सय २२, राष्ट्रिय जनमोर्चाको ८७ मत प्राप्त गरेको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारको भने मत नगण्य रहेको छ ।
पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । पर्वतमा यस अघि नेकपा एमालेका उम्मेदवार पदम गिरी लगातार दुई पटक बिजयी हुनुभएको थियो भने त्यस अघि तीन पटकसम्म नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी बिजयी हुनुभएको थियो ।
पराना राजनीतिक दल र पटक पटक दोहोरिएका उम्मेदवारहरुप्रति नागरिकको असन्तुष्टि बढेका कारण पनि विगतका निर्वाचन भन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्ेमदवार भुसाल बिजयी भएको चर्चा हुन थालेको छ । पुराना दलहरुको कार्यशैली, जेनजी बिद्रोह लगायतका कारणले पटक पटक बिजयी हुँदै आएका उम्मेदवारहरुले पनि मतपरिणाम घटाउँदै लगेका हुन् ।
पर्वतमा ५२ दशमलब १० प्रतिशत मत खसेको थियो । जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार चार सय ६६ मध्ये ६५ हजार तीन सय ७९ मत खसेको हो । जसमा महिला ३५ हजार ४० र पुरुष ३० हजार तीन सय ३९ जनाले मतदान गरेका हुन् ।
पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि चार स्वतन्त्र सहित १३ वटा राजनीतिक दलवाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमीएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!