पर्वत १४ कात्तिक : कृषकहरुको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको बर्षाका कारण क्षति पुगेका कृषकलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ ।
कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांक कृषकहरुको पाकेको र काटेर खेतमा सुकाएको धानवालीमा ठुलो नोक्सानी पुर्याएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका कृषकले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।
गाउँपालिकाले वर्षा रोकिए लगत्तै क्षतिको यथार्थ विवरण संकलन गर्नका लागि प्रकृया अघि बढाउने र क्षतिको मुल्यांकनको आधारमा राहत उपलव्ध गराउने
‘मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौ–प्रमुख प्रशासकीय अधिकृत गैरेले भन्नुभयो ।’ धान परालमा भएको नोक्सानीको मुल्यांकन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौ । यसले गर्दा कृषकले फेरी धान वा अन्य अन्न खरिद गरेर खान सकुन भन्ने पालिकाको उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत जिवन गैरेले किसानहरूलाई समस्या परेका बेला गाउँपालिका संगै रहेको अनुभुति दिलाउनका लागि धान बालीमा भएको क्षति विवरण संकलन गरी राहत दिने जानकारी दिनुभयो । घर भित्र्याउन तयारी गरेको बाली वर्षाले नोक्सान पुर्याएपछि यहाँका सयौ कृषक चिन्तित बनेका छन् ।






