पर्वत सेवा समाजद्वारा न्युयोर्कमा भव्य तीजदर तथा बनभोज सम्पन्न - News site from Nepal

न्युयोर्क – पर्वत सेवा समाज न्युयोर्कले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी एकता, परिचय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन तीजदर तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
न्युयोर्क राज्यस्थित Suken Meadow State Park मा आयोजित कार्यक्रम दिउँसो १२ बजे सुरु भई साँझ ९ बजेसम्म चल्यो। कार्यक्रमको उद्घाटन ९५ वर्षीय जेष्ठ नागरिक नारायण दत्त पाध्यले पानसमा बत्ती प्रज्वलन गरी स्वस्थि मन्त्र उच्चारणसहित गर्नुभएको थियो । समाजले आयोजना गरेका यस्ता कार्यक्रमहरूले प्रवासमा नेपालीहरूबीच आपसी सहयोग, सद्भाव र सांस्कृतिक सम्पर्कलाई मजबुत बनाउँदै आएको छ।
सयौं को सङ्यामा महिला र बालबालिकाको सहभागिताले कार्यक्रमलाई झनै उत्साहजनक बनाएको थियो। महिलाहरू तीजका गीतमा छमछमी नाच्दा वातावरण नेपालमय बनेको थियो भने सहभागी दिदीबहिनीहरूलाई दर खुवाइएको थियो । उक्त तिजदर तथा बनभोज कार्यक्रममा वासु लामिछाने (NRNA NY Chapter निर्वाचित अध्यक्ष), बाबुराम शर्मा (International Parbat Society Senior Vice President), बेद खरेल (NRNA ICC Advisor), टिका ढकाल (NRNA ICC Member), राजन गौली (Long Island Nepali Smaaj NY President), बसन्त चापागाईँ (Past President, Long Island Nepali Society & Advisor, Parbat Sewa Samaj) तथा हेमन्त मल्ल (संस्थापक अध्यक्ष, Parbat Sewa Samaj) कार्यक्रम सयोजक कृष्ण पौडेल महासचिब प्रकाश शर्माको उपस्थिति थियो।
संस्थाका अध्यक्ष सुर्य पौडेलको अध्यक्षतामा प्रारम्भ भएको कार्यक्रमको संचालन बिशाल रेग्मिले गर्नुभएको थियो । समाजको व्यवस्थित व्यवस्थापनका कारण सयौ बढी सहभागीहरूलाई पारिवारिक माहोलमा दर खाने सुविधा उपलब्ध भएको थियो। सहभागीहरूले विगत वर्षभन्दा अझ व्यवस्थित र रमाइलो वातावरणमा तीज मनाउन पाएको प्रतिक्रिया दिएका थिए। मीठो वनभोज व्यवस्थापन रामु लामिछाने र पुष्प रेग्मी तथा कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन श्याम पौडेल ले गर्नुभएको थियो |

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!