गणेश सुवेदी
पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई कपडा तथा नगद वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता शिवालय माध्यमिक विद्धालय व्यवस्थापन समितिका अध्यक्ष भवेन्द्र गिरिले गर्नुभएको थियो ।
सो कार्यक्रममा शिवालय माध्यमिक विद्धालयका प्रधानाध्यापक भुपेन्द्र चापागाइले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा बाग्लुङ नगरपालिका १४ हाल पोर्चुगल निवासी मञ्जु खड्का र के.सी ले आफ्नो ५० औ जनमोत्सव र बुद्दी बहादुर खड्काले आफ्नो ५६ औ जनमोत्सवको अवसरमा शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई कपडा तथा नगद वितरण गर्नु भएको छ ।
सो कार्यक्रममा उहाहरुले भर्चुअल मार्फत शुभकामना व्यक्त गर्दै दृष्टिविहिन बिद्धार्थीहरुलाई सहयोग गर्न पाउदा आफुलाई एकदमै खुशी लागेको र आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो । सो कार्यक्रममा शिवालय माध्यमिक विद्धालयका विद्धार्थी अभिभावक संघका अध्यक्ष कृष्ण पौडेल, नेपाल दृष्टिविहिन कल्याण संघ बाग्लुङका पुर्व अध्यक्ष कमल कुमार जिसी लगतएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रमको संचालन शिवालय माध्यमिक विद्धालयका दृष्टिविहिन स्रोत शिक्षक तथा नेपाल नेत्रहिन संघ गण्डकी प्रदेश सदस्य हरिदत्त शर्माले गर्नु भएको थियो । सो विद्धालयको दृष्टिविहिन छात्रावास प्लान नेपाल र ईम्प्रेड नेपालले भवन बनाएता पनि हाल उक्त भवन जिर्ण अवस्थामा रही भत्कने अवस्थामा रहेकोले यसमा सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।






