मुटुरोग पीडित बाजुङकी महिलाको उपचारका लागि सहयोगको अपिल - News site from Nepal

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–५ निवासी कूल बहादुर दमाईका छोरा अमर दमाई की श्रीमती सुनिता दमाई मुटु रोगबाट पीडित बनेकी छन् । लामो समयदेखि उपचाररत उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको र आर्थिक अभावका कारण थप उपचारमा समस्या परेपछि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
सुनिताको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भए पनि परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले उपचार खर्च जुटाउन समस्या भएको जनाइएको छ । परिवारको आयस्रोत न्यून रहेका कारण उपचारमा थप कठिनाइ उत्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
मोदी गाउँपालिका वडा नं. ५ को कार्यालय, पर्वतले एक सिफारिस पत्र जारी गर्दै पीडितको जीवन रक्षाका लागि सहयोग गर्न सबै संघ–संस्था, सहयोगी मन तथा दातृ निकायलाई अनुरोध गरेको छ । सानो सहयोगले पनि बिरामीको ज्यान बचाउन सकिने भन्दै मानवीय र पुण्य कार्यका लागि सहयोग गर्न अपिल गरिएको छ ।
वडा अध्यक्ष मान बहादुर अधिकारीद्वारा हस्ताक्षरित उक्त पत्रमा सबैको सहकार्यले बिरामीको जीवन रक्षा सम्भव हुने विश्वास व्यक्त गरिएको छ ।

बिरामि सुनिता दमाई २ वटा बाल वच्चा को आमा पनि हुनुहुन्छ | परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ। दैनिक ज्यालादारीमा आश्रित यस परिवारका लागि महँगो उपचार खर्च जुटाउन सम्भव नभएकाले बिरामि बचाउन को लागि परिवार अहिले ठूलो संकटमा परेका छन्। यस्तो कठिन घडीमा मानवीय सहयोग नै जीवनको आशा बन्न सक्छ। त्यसैले सबै दयालु मनहरूमा, आफ्नो हैसियतअनुसार सानो–ठूलो जे जति सक्नुहुन्छ आर्थिक सहयोग गरी एक आमाको जीवन बचाउन हार्दिक हजुर हरु को सानो सहयोगले ज्यान बच्न हजुर हरु को सहानुभूतिले एउटा ना बाल बच्चा को परिवारमा नयाँ आशा पलाउन
बैंक Lumbini Bikas Bank
खाता नं. : 02911020305526000001
सहयोग वा थप जानकारीको लागि सम्पर्क: 📞 9847620405/9864553949

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!