पर्वत– जिल्ल खेलकुद विकास समिति पर्वतका नवनियुक्त सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
हालै गण्डकी प्रदेश खेलकुद परिषदवाट नियुक्त भएका सन्तोष पौडेल, प्रदिप तिमिल्सिना, अमर बहादुर पुन मगर, बिमल गुरुङ, होमबहादुर पुन, गंगाबहादुर गुरुङ र विष्णुकुमारी थापालाई पदस्थापन गराईएको हो ।
सोहि अवसरमा जिल्लामा सक्रिय रहेका खेलकुद संघहरुलाई विभिन्न प्रकारका खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला भलिबल संघ, पर्वत तेक्वान्दो संघ, कराँते महासंघ, कबड्डी संघ, एथलेटिक्स संघ, गन्नी युवा क्लव, बास्केटबल संघ लगायतलाई रु. दुई लाख बराबरका सामाग्री वितरण गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ल भलिवल संघका अध्यक्ष लक्ष्मण श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष मिन पुन, कराँते महासंघका सचिब सुलभ श्रेष्ठ, तोक्वान्दो संघका सचिब भरत श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष जगत लामिछानेले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य सन्तोष पौडेलले गर्नुभएको थियो । कार्यक्रम पछि बसेको बैठकले आर्थिक वर्ष ०८२/०८३को पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी मंशिर १० गते भित्र र जिल्ला स्तरीय प्रतियोगिता मंशिर तेस्रो साताभित्र गर्ने निर्णय गरिएको छ । यसैगरी समितिको आफ्नै भवन निर्माण गर्ने निर्णय पनि गरिएको छ ।







