कपडा बेच्न भन्दै हिडेका पर्वतको देउरालीका बृद्ध मृत फेला  - News site from Nepal
कपडा बेच्न भन्दै हिडेका पर्वतको देउरालीका बृद्ध मृत फेला 
पर्वत २७ कात्तिक : पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारको ढिकुवा दह भिरवाट लडेर एक बृद्धको ज्यान गएको छ ।
मोदी गाउँपालिका वडा नं. ३ हारमोरका ७५ वर्षिया बुद्धिलाल परियारको मृत्यु भएको हो । बुधवार राती १० बजेको समयमा पोखरा बागलुङ सडक खण्डको वेतेहानीमा झोला र बैशाखी भेटिएपछि खोजीका लागि गएको प्रहरीको टोलले बिहीवार विहान मृत अवस्थामा शव फेला पारेको हो ।
घरवाट कपडा विक्रि गर्न जान्छु भन्दै निस्किएका बृद्ध भिरवाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो । मृतक परियारको शब पोष्टमार्टमका लागि प्रदेश अस्पताल पर्वतको शबगृहमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख यादबले बताउनुभयो । रातीको समयमा झोला सडककिनारामा राखेर शौच गर्न गएका बेला भिरवाट खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!