कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका तिवारी - News site from Nepal
कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका तिवारी

डा.कमला केसी/दक्षिण कोरिया
कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले धर्मराज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा तिलक हमाल(सुर्खेत), महिला उपाध्यक्षमा प्रेमकला बिक (जाजरकोट), उपाध्यक्षमा ललित बुढा (सुर्खेत),भूपाल कुसारी (रूकुम पश्चिम), राजेन्द्र बिष्ट(दैलेख) रहनुभएको छ ।
यसैगरी समाजको महासचिवमा नेपाल कार्की (जाजरकोट), सचिवमा प्रेम बुढा(सुर्खेत), पृथ्वी मगर(सल्ल्यान), बिपिन चन्द (रूकुम पश्चिम) रहनुभएको छ भने कोषाध्यक्षमा बसन्त राना (सल्यान)र सहकोषाध्यक्षमा रन बहादुर रावत (जुम्ला) रहनुभएको छ । समाजका सदस्यहरुमा कणर् बहादुर कार्की(जाजरकोट), टेक बहादुर बटाला (जाजरकोट), धर्मराज रावत (जाजरकोट), ममता विष्ट (कालीकोट), प्रकाश सिंह (कालीकोट), बिरेन्द्र बुढा (सुर्खेत), धर्मराज पुन(रूकुम पश्चिम) रहनुभएको छ ।
सन् २०२० मा स्थापना भएर सामाजिक काममा सक्रिय संस्थाको तेस्रो अधिवशेन नेपाली थाई रेस्टुरेन्टको सभाहल दोङदेमुन, सउलमा भएको हो ।
कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष गणेश कोईरालाको अध्क्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास उपनियोग प्रमुख पुष्पराज शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने गैर आवासिय नेपाली संघ एनआएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनसिसि दक्षिण कोरियाका उपाध्यक्ष हर्क बिष्ट, प्रवासी मजदुर संघ दक्षिण कोरियाका अध्यक्ष उदय राई रहनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश समाज दक्षिण कोरीयाका अध्यक्ष प्रविन गिरी, कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष एवम वर्तमान संरक्षक प्रकाश बस्नेत लगायत कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापकहरु, विभिन्न जिल्लाका जिल्लागत अध्यक्ष, जातीय, भेगिय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूज्यूहरु, सामजसेवि, पत्रकार, वृद्धिजिविहरुको आथित्यता, तमाम कणर्ाली बासिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान महासचिव तिलक हमालले गर्नुभएको थियो भने स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष ऋतुराज रिजालले राख्नुभएको थियो । सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन निवर्तमान सचिव नेपाल कार्कीले पेश गर्नुभएको थियो, भने आर्थिक प्रतिवेदन निवर्तमान उपाध्यक्ष बामदेव गौतमले पेश गर्नुभएको थियो ।
आशाराम ढुंगानाको संयोजकत्वमा गठन गरिएको ५ सदस्य निर्वाचन समितिले कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन बाट सर्वसहमतिले कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको नव निर्वाचित कार्यसमिती गठन भएको औपचारिक रूपमा घोषणा गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!