एलआईसिकाे अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न - News site from Nepal

पर्वत – लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्पे्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा जीवनबीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजार माग र बीमितका अपेक्षाका बारेमा छलफल भएको थियो । कार्यक्रममा लाइफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) का बजार व्यवस्थापन प्रमुख प्रकाशभक्त उपाध्यायले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी, एजेन्सी म्यानेजर गोबिन्द खड्का, एजेन्सी म्यानेजर रामकाजी भण्डारी, वरिष्ठ अभिकर्ता नमराज क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । एजेन्सी म्यानेजर नविन केसीले उत्पे्रेरणा तालिम दिनुभएको थियो ।
एजेन्सी म्यानेजर गोबिन्द अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बागलुङ शाखाका प्रवन्धक नवराज सुबेदीले गर्नुभएको थियो । प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रममा तीन जिल्लाका ५५ जना सहभागी हुनुभएको थियो भने उक्त अवसरमा उत्कृष्ठ कार्य गर्ने अभिकर्तालाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!