एनआरएनए अमेरिकाको खेलकुद विभाग प्रमुखमा पर्वतका श्रेष्ठ नियुक्त - News site from Nepal

पर्वत – गैरआवासीय नेपाली संघ अमेरिकाको खेलकुद विभाग प्रमुखमा पर्वतका रामकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।
संघको हालै सम्पन्न बैठकले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ निवासी श्रेष्ठलाई खेदकुद विभागको जिम्मेवारी दिने निणर्य गरेको हो । श्रेष्ठ जिल्ला भलिवल संघ पर्वतका बरिष्ठ सल्लाहकार हुनुहुन्छ भने पुर्व राष्ट्रिय भलिवल खेलाडी समेत रहनुभएको छ ।

श्रेष्ठले नबौ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिवल कोच संयोजकको रुपमा पनि जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँकै पहलमा विभिन्न देशवाट खेलाडी छनौट गरि नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक गैरआवासिय नेपाली संघले सहभागिता समेतजनाएको थियो
खेल क्षेत्रमा गण्डकी प्रदेशमै उच्च योगदान पुर्‍याउनुभएका श्रेष्ठलाई एनआरएनए अमेरिकाले छनौट गर्नु यस क्षेत्रकै लागि गौरबको विषय भएको खेलाडीहरुको भनाई रहेको छ । श्रेष्ठको कार्यकाल सन् २०२५ सम्म रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!