पर्वतको कुश्माबाट चार दिनदेखि म्याग्दीका एक बृद्ध बेपत्ता - News site from Nepal
पर्वतको कुश्माबाट चार दिनदेखि म्याग्दीका एक बृद्ध बेपत्ता

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारवाट विगत चार दिनदेखि एक बृद्ध वेपत्ता भएका छन् ।
म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लिका ५६ वर्षिय रेशमबहादुर नेपाली सम्पर्क बिहीन भएका हुन् । म्याग्दीवाट उपचारका लागि पर्वतको कुस्मा आइपुगेका उनि अहिलेसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
श्रीमतिसँगै उपचार गरी अस्पतालवाट फर्किएका नेपाली कुस्मामा रहेको बुहारीको डेराबाट निस्किएर अहिलेसम्म नफर्किएको नाति दिपेन्द्र नेपालीले जानकारी दिनुभयो । गत बिहिबार साँझ ४ बजे नेपाली कसैलाई जानकारी नदिई घरबाट निस्किएका थिए ।
आइतबारसम्म आफन्त र खोजीकार्य गर्ने सबै ठाउँमा खोज्दा समेत परिवारको सम्पर्कमा नआएपछि खोजीकार्य सुरु भएको परिवारका सदस्यले बताएका छन् । कुस्मा र बेनी प्रहरीलाई समेत हराएको बारेमा हुलियासहित जानकारी गराएको तर अहिलेसम्म फेला नपरेको दिपेन्द्रले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!