अलपेश्वर गुफाको वृहत्तर विकास गर्न सवै एकजुट भएर लाग्नुपर्छ – प्रमुख सचेतक गिरी - News site from Nepal

पर्वत – एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफाको प्रबर्द्धन गर्ने जिम्मेवारी राज्यको पनि भएको वताएका छन् ।
अल्पेश्वर गुफा संरक्षण समितिले आयोजना गरेको महायज्ञको छैंटौं दिन महायज्ञमा पुगेका गिरीले गुफाको प्रवर्द्धनमा स्थानीय तहमा प्रयास भएको भन्दै गुफाको प्रबर्द्धनमा थप सहयोग राज्यले पनि गर्नुपर्ने गिरीले बताएका हुन् ।
यस अघि पनि गुफाको संरक्षणमा आफूले पहल गरेको भन्दै गुफाको वृहत्तर विकासका लागि डिपिआर बनाएर योजना माग गर्न गिरीले आग्रह गरे ।
पर्वतवाट प्रतिनिधि सभामा निर्वाचित गिरीले स्थानीयको पहल सार्थक रहेको भन्दै गुफालाई देशमा मात्र नभइ विश्वस्तरमा चिनाउनु पर्ने धारणा राखे । धार्मिक पर्यटनको विकासका पर्बत जिल्लामा रहेको अलौकिक गुफाले थप सहयोग पुराएको समेत गिरिले वताए ।

७ दिनसम्म चल्ने महायज्ञ माघ २९ गते‌ सम्पन्न हुनेछ । महायज्ञमा झण्डै २५ लाख बढि संकलन भइसकेको आयोजकले जनाएको छ । कुश्मा बजारको समिपमा रहेको गुफा झण्डै डेढ दशक अघि पत्ता लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!