गणेश सुवेदी
पर्वत – नेत्रहिन संघको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वत, शारीरिक अपाङ्ग संघ पर्वत, बौद्दीक अपाङ्गता अभिभावक संघ पर्वत एनसिई पर्वतको सहकार्य तथा सामाजिक विकास कार्यालय पर्वत र कुस्मा नगरपालिकाको आर्थिक सहयोगमा समावेशी तथा दिगो भविष्यको पुर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नाराका साथ ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम फ्रेन्डली होटल पर्वतमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शारीरिक अपाङ्ग संघ पर्वतका अध्यक्ष गणेश सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सरोकारवाला निकायहरुको ध्यान जानु पर्ने कुरामा जोड दिनुभयो । सो कार्यक्रममा नेत्रहीन संघ गण्डकी प्रदेश सदस्य हरिदत्त शर्माले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा राज्यले ध्यान दिनु पर्ने कुरा व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा कुस्मा नगरपालिकाकी सामाजिक विकास अधिकृत डिलकुमारी शर्मा, र समाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।
सो कार्यक्राममा शिक्षाका लागि राष्ट्रिय अभियान, नागरिक समाज संजाल पर्वत, नारायण मा. वी, शिवालय मा. वी का प्रतिनिधिहरु लगाएतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको अध्यक्षता पर्वत नेत्रहीन संघकी अध्यक्ष सृजना जि सि ले गर्नु भएको थियो । सो कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय अपाङ्गता संगठन नेपाल पर्वतका अध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको संचालन नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले गर्नु भएको थियो ।






