कटुवाचौपारीमा महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु - News site from Nepal
कटुवाचौपारीमा महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

पर्वत-  कुश्मा नगरपालिका वडा नं. ९, कटुवाचौपारीका महिला दिदीबहिनीहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको भएको छ । ९ नं. वडा कार्यालयले आज सोमबार एक कार्यक्रमको आयोजना गरी तालिमको शुरुवात गरेको हो ।
तालिम आज र भोली चल्ने वडा कार्यालयले जनाएको छ । तालिममा ५० भन्दा बढीको सहभागिता रहेको छ । यस अघि भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राम शर्मा लामिछानेले महिलाहरुमा रहेको आन्तरिक क्षमता बाहिर ल्याउन यो तालिम प्रभावकारी हुने बताए । उनले भने–महिलाहरुसँग थुप्रै सम्भवनाहरु छन् ।
थुप्रै कुराहरु जान्नु र बुझनु भएको छ तर अगाडि आएर बोल्ने र आत्मविश्वास जगाउने कुरा नभएका हुन सक्छन् ती पक्षहरुलाई सम्बोधन हुनेगरी यहाँहरुको क्षमता अभिवृद्धि हुनेछ भन्ने अपेक्षा गरेको छु । वडा कार्यालयमा भएको सो कार्यक्रममा कुश्मा नगर कार्यपालिका सदस्य तथा वडा सदस्य दुर्गा कुमारी शर्माले कार्यक्रमको बारेमा प्रकाश पार्दै तालिमले महिला दिदीबहिनीहरुको बोल्न सक्ने कला र क्षमता अभिवृद्धि हुने अपेक्षा लिएको बताइन् ।
उनले भनिन्– ‘हामी दिदीबहिनी आज जुन अवस्थामा छौं तालिमले भोलिका दिनमा त्यो अवस्थामा पक्कै परिन सकारात्मक परिवर्तन ल्याउनेछ ।’ वडा अध्यक्ष राम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव साधना शर्माले गरेकी थिइन् भने स्वागत सामाजिक परिचालक जमुना सुवेदीले गरेकी थिइन् ।
कार्यक्रममा वडा सदस्यहरु शान्ती सुनार, प्रकाश श्रेष्ठ र बासुदेव तिवारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!