पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम - News site from Nepal

पर्वत – पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम शुरु भएको छ ।
सामाजिक विकास कार्यालय पर्वतको आयोजना र मानव अधिकारको लागि महिला एकल महिला समुहको समन्वयमा दुई दिने तालिम शुरु भएको हो । कुश्मा नगरपालिकाका उपप्रमुख स्वास्थानी रिजालले तालिमको उदघाटन गर्नुभयो । तालिम उदघाटन गर्दै रिजालले महिलाहरु अधिकारका क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
महिला लाई समाजले हेर्ने दृस्ठिकोण परिवर्तन हुँदै गएको भन्दै रिजालले महिलाहरुकै दबाबले राज्यले महिला लाई बिशेष अधिकार प्रदान गर्न बाध्य भएको बताउनुभयो । उपप्रमुख रिजालले ग्रामिण क्षेत्रमा अझै पनि महिलाहरु पुरातन परम्पराकै जन्जिरमा रहेको भन्दै सचेत महिलाहरुले पछाडी परेका महिला लाई पनि मुलधारमा ल्याउन अनुरोध गर्नुभयो । उहाँले कुश्मा नगरपालिकामा महिला अधिकार र क्षमता विकासका योजना माग गरेमा आवश्यक सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत टंकप्रसाद ढकालले तालिममा सिक्ने कुरा ब्यबहारमा कार्यान्वयन हुनेमा विस्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा एकल महिला अधिकारकर्मी मनरुपा शर्मा बिमला, महिला अधिकारकर्मी अजिता शर्मा लगायतले बोल्नुभएको थियो । सामाजिक विकास कार्यालयका प्रमुख मोहनचन्द्र सुबेदिको अध्यक्षतामा भएको कार्यक्रम उदघाटन कार्यक्रमको सन्चालन खिममाया पाइजा गिरिले गर्नुभएको थियो । तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!