पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवाको छापामा स्थानीय विपन्न तथा बयोबृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
स्थानीय समासेवी नरमाया रानाका बाबु भक्तबहादुर थापाको स्मृतिमा न्यानो कपडा वितरण गरिएको हो । स्वर्गिय पिता तथा सम्पुणर् पितृहरुको सम्झनामा स्थानीय ३५ जना विपन्न परिवारका सदस्य र बृद्धबृद्धालाई कपडा वितरण गरिएको ज्वाई हरिबहादुर रानाले जानकारी दिनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रम नरमाया रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष बाबुराम पौडेल एमाले नेताहरु रमण सुवेदी, नारायाण पौडेल, जगन्नाथ पौडेल, गणेश केसी लगायतको सहभागिता रहेको थियो । जाडो मौसममा विपन्न र बृद्धबृद्धालाई केहि मात्रामा भएपनि राहात मिलोस भनेर कपडा वितरण गरिएको रानाले बताउनुभयो ।
न्याना कपडा पाएपछि लाभग्राहीहरु हर्षित बनेका थिए ।






