मोती सामुदायिक पस्तकालय र ट्याग परियोजनाको सहकार्यमा फलेवासमा ट्याग अभिमुखिकरण कार्मक्रम सम्पन्न - News site from Nepal

 रामचन्द्र भुसाल
फलेवास । मोती सामुदायिक पस्तकालय र ट्याग परियोजनाको सहकार्यमा शनिबार ट्याग अभिमुखिकरण कार्मक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाका विभन्न वडाबाट सहभागि ५५ जना छात्रा र अभिभावकहरुको सहभागितामा खानिगाउँको वडा कार्यालयको सभाहलमा कार्यक्रम गरीएको हो ।
उक्त कार्यक्रमबाट किशोरिहरुलाई प्राविधिक तालिम प्रदान गरीने सम्बन्धमा जानकारी प्रदान गरीएको थियो । रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ, कार्यक्रम संयोजक साजन थापा र वोर्ड मेम्वर शुसिल मैनालिने कार्यक्रमको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संविधान सभा सदस्य विकास लम्साल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, पूस्तकालयका संस्थापक अध्यक्ष भोला लम्साल, वडा नम्वर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विकास लम्सलले ट्याग परीयोजनाले पुस्तकालय संग संयोजन गरी गर्न खोजेको उक्त कार्यक्रम किशोरीहरुको लागि फलदायी हुनेमा विश्वास व्यक्त गर्नु भयो ।
पछिल्लो समय प्रविधिको सहायताले जुनसुकै कामहरुपनी छिटो, सजिलो र भरपर्दो तरीकाले गर्न सिकिने कुरामा जोड दिँदै उहाँले प्रविधिको सहि प्रयोग गरी रचनात्मक काम सिक्न सकिने प्रेरण प्रदान गर्नुभयो । नगरप्रमुख गंगाधर तिवारीले पुस्तकालयले सञ्चालन गरेको प्रविधिमैत्री तामिममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै परियोजनामा आवद्ध किशोरिहरुलाई अनुशासित भई आफ्नो सिकाईलाई निरन्तरता दिन प्रेरीत गर्नुभयो ।
अभिमुखि कार्यक्रम पश्चात सहभागि परियोजनामा आवद्ध भएका किशोरीहरुले आफुहरुलाई यस्ता खाले तालिमहरुले अतिरिक्त सिकाईमा हौसला प्रदन गर्न सक्ने भन्दै खुसि व्यक्त गरेका थिए । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता र वरिष्ठ लाईब्रेरीयन ईन्द्र प्रसाद शापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!