पाङमा श्रद्धाञ्जली सभा सम्पन्न - News site from Nepal
पाङमा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत- नेपाली काँग्रेस पाङका क्रियाशिल सदस्य लेखकुमारी उपाध्यायको निधन प्रति नेपाली काँग्रेस जिल्ला कार्यसमितिले शोक व्यक्त गरेको छ ।
पूर्व पार्टी सभापति स्वर्गिय क्षत्रनाथ पौडेलकी धर्मपत्नि समेत रहेकी उपाध्यायको मंसिर ८ गते ८९ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधन भएकोमा नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशी सहित पदाधिकारी घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो भने परिवारमा समबेदना अर्पण गर्नुभयो ।
स्वर्गिय लेखकुमारीको फोटोमा माल्यार्पण गर्दै जिल्ला सभापति जोशीले उहाँको निधनले पार्टीको एक असल अभिभावक गुमाउनुपर्दा पीडा महसुस गरेको बताउनुभयो । पाङ पार्टीको उर्वर क्षेत्र बनाउन लेखकुमारी उपाध्याय परिवारको योगदान रहेको भन्दै जोशीले उहाँको योगदान लाई संधै स्मरण गर्ने बताउनुभयो । महाधिबेशन प्रतिनिधी एवं जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारीले पार्टी लाई अप्ठ्यारो पर्दा काँध थाप्ने स्वर्गिय क्षत्रनाथ र लेखकुमारी संगै उहाँको परिवारको प्रसंसा गर्नुभयो ।
यो निधनले पार्टीलाई अपूरणीय क्षती भएको अधिकारीले उल्लेख गर्नुभएको थियो । उहाँको शोक लाई शक्तिमा बदल्ने शक्ति प्राप्त होस भनी कामना गर्नुभयो । उक्त कार्यक्रममा जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञाशु, कुश्मा नगरपालिका ९ का वडाध्यक्ष रामशर्मा लामिछाने, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोबिन्द अधिकारी लगायतले शोक व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!