पर्वत – प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित सांसद पदम गिरी र भक्त कुँवर मतदातालाई धन्यवाद दिदै गाउँ अभियानमा निस्केका छन् । निर्वाचनमा विजयी भएको भोलिपल्ट नै आफ्नो गृह वडा कुश्मा नगरपालिका वडा न ३ दुर्लुङबाट गिरी मतदातालाई धन्यवाद दिने अभियानमा निस्केका हुन् ।
प्रतिनिधि सभामा २०७४ सालमा अत्याधिक मतले निर्वाचित गिरी पुनः दोस्रो पटक २०७९ सालको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । निर्वाचनमा विजयी भएको भोलीपल्ट नै गिरी आफ्नो गृह वडाका विभिन्न वस्तीहरुमा पुगेर मतदातलाई धन्यवाद दिदै आफ्ना प्रतिबद्धताहरु पुरा गर्ने बाचा गरेका छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गिरीले प्रतिद्धन्द्धी कांग्रेसका उमेदवार अर्जुन जोशीलाई २२६३ मतान्तरले हराएका थिए । गिरी भोली देखि पर्वतको दक्षिणी क्षेत्रमा रहेका मतदाताहरुलाई धन्यवाद दिनका लागि गाउँ अभियानमा निस्कने नेकपा एमाले जिल्ला कमिटि पर्वतले जनाएको छ ।






