पर्वत- लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको पर्वत जिल्ला सम्मेलन वाट गणेश सुवेदीको अध्यक्षतामा १९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । पर्वतमा भएको सो सम्मेलनवाट उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा रमेश खत्री, उप-सचिवमा तारा कुमारी सुवेदी र कोशाध्यक्षमा गंगा शर्मा चयन हुनुभएको छ भने सदस्यहरुमा वेदाका भक्त पाध्या, चित्र वहादुर कुवर, वलराम पौडेल, दुर्गा शर्मा, धन बहादुर क्षेत्री, सृजना जि.सी., विजय कुमाल, यमवहादुर क्षेत्री लगायत चयन हुनुभएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पर्वत ईन्चार्ज तथा केन्द्रिय सदस्य कल्पना चापागांईले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि आफूले सदैव काम गर्ने बताउनु भयो ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य माननिय पदम गिरी, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज शिशिर खनाल, नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेल, नेकपा एमाले जिल्ला सचिव गोविन्द पहाडी, नेकपा एमाले जिल्ला उप-सचिव शिव पौडेल र विमल लामिछाने तथा नेकपा एमाले कुश्मा नगर कमिटी अध्यक्ष मिन प्रसाद श्रेष्ठ लगायतले वधाई तथा शुभकामना दिनुभएको थियो ।
सो कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन पर्वतका निवर्तमान अध्यक्ष जगन्नाथ शर्माले गर्नुभएको थियो ।






