पर्वत- पर्वत जिल्लाको कुश्मा न.पा. वडा नं. ५ मा रहेको कुमारी बैङ्क अगाडी एक वेवारिस बालब फेला परेका छन् ।
आफ्नो नाम रञ्जित र आमाको नाम अनुस्का बताउने अन्दाजि ३/४ बर्षको बालक हिजो दिउँसो २ बजे बेबारीसे अवस्थामा फेला परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको संरक्षणमा राखिएको छ ।
निज बालकलाई चिन्नु हुने, बालकको आफन्त अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा सम्पर्क गर्न हुन प्रहरीले अनुरोध गरेको छ । प्रहरीको सम्पर्क नम्बर ः- १००, ९८५७६३०५५१, ९८५७६२४१८८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।






