निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालय पर्वतको ताकेता - News site from Nepal

पर्वत –  जिल्ला निर्वाचन कार्यालय पर्वतले स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा नगर/गाउँ कार्यपालिका सदस्य (महिला/दलित वा अल्पसंख्यक) पदमा र जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार भई तोकिएको अवधिभित्र निर्वाचन खर्चको विवरण बुझाएका उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न आग्रह गरेको छ ।
निर्वाचन कार्यालय पर्वतले बिहीवार सुचना जारी गर्दै निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम आफु उमेदवार भएको स्थानीय तहको कार्यालयमा र जिल्ला समन्वय समितिका उम्मेदवारहरुले सोहि कार्यालयमा ७ दिन भित्र सार्वजनिक गरी निर्वाचन कार्यालयलाई जानकारी दिन समेत कार्यालयले अनुरोध गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार निर्वाचन परिणाम आएको ३० दिन भित्र उम्मेदवारले खर्च विवरण आयोग वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ । उक्त अवधिमा पर्वतमा ५० जनाले मात्र खर्चविवरण बुझाएका थिए ।
यसैगरी कर्यालयले अर्को सूचना जारी गर्दै निर्वाचन खर्च नबुझाउने उम्ेमदवारले एक साता भित्र स्पष्टिकरण दिन समेत आव्हान गरेको छ । गाउँ तथा नगरपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार भई बिजयी भएका वा पराजय भएका सवै उम्मेदवारले तोकिएको समयभित्र के कति कारणले निर्वाचन खर्च विवरण बुझाउन नसकिएको हो, खर्च विववरण समयमै नबुझाएकोमा तपाईलाई निर्वाचन ऐन २०७३ को दफा २६को उपदफा ४ बमोजिम किन कारवाहि हुन नपर्ने हो स्पष्ट जवाफ सहित स्पष्टिकरण दिन माग गरिएको शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका मध्ये अझै ३० जनाले खर्चविवरण पेश नगरेको कार्यालयले जनाएको छ । पर्वतमा स्थानीय तहको निर्वाचनमा ८ सय ६० जना उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!