पर्वत एमालेको चुनावी अभियान होश्राङदी, भोक्सिङ र कटुवाचौपारीमा – मतदाता उत्साहित - News site from Nepal

पर्वत- आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् । नेकपा एमाले पर्वतले शुक्रवार जिल्लाको महाशिला गाउँपालिका वडा नं. १ होश्राङदी र वडा नंं. २ भोक्सिीमा चुनावी सभा र घरदैलो सम्पन्न भएको छ ।
होश्राङदीका अर्घाउदी, जम्पुर, पोर्चु र भोक्सिङको बाघमारे, खोलाखर्क र देउरालीमा कायृक्रम सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्ेमदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले घरदैलो र कोणसभालाई जोड दिएको छ । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले विगत पाँच वर्षको कार्याकालमा महाशिला गाउँपालिका लगायत जिल्लाभर विकास निर्माण तीब्र गतिका साथ अघि बढाउन सफल भएको बताउँदै पुरा हुन बाँकी रहेका र छुटेका योजनाहरुलाई अबको पाँच वर्षमा पुणर्ता दिने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले एमालेनै विकास निर्माण र समृद्धिका लागि काम गर्ने दल भएकाले आफुहरु चुनावी नारा र योजना मात्र नभई काम गर्नेगरी फेरी मैदानमा आएको बताउनुभयो । उहाँले होश्राङदी र भोक्सीङ वासीले राखेका सडक, खानेपानी, सिंचाई लगायतका मागहरु पुरा गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नेकपा एमाले नेतृत्वको सरकारले मुलुक विकास र समृद्धिका लागि मार्गचित्र कोरेको बताउँदै त्यसको पुणर्ताका लागि पुन एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले अबको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ बिजयी नभए मुलुक पछाडि धकेलिने समेत बताउनुभयो । कार्यक्रमा नेकपा एमले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश किमिटि उपसचिब मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहडी लगायतको सहभागिता रहेको छ ।
त्यसैगरी प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ लाम्पाटा, साहुथर, सेउडीचौर, छेउखन्ना सालबिसाउन, गायत्री लगायतका स्थानमा कोणसभा र भेटघाट सम्पन्न भएको छ । सो अवसरमा कुँवरले कटुवाचौपारीमा रिङरोड कालोपत्रे, मोदीवेणीसम्म जान सडक स्तोरन्नती लगायत स्थानीयका अन्य मागहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नभएको छ । उहाँले नेकपा एमालेनै यो मुलुकको पहिलो शक्ति बन्ने बताउँदै आगामी पाँच वर्षका लागि २० वटा काम गर्ने ग्यारेण्टी सहित अघि बढेको बताउनुभयो । उहाँले पर्वतको समृद्धि र विकासका लागि एमाले बाहेक अन्य दलले गर्न नसक्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी जिल्लाको भविष्य निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमम नेकपा एमाले केन्द्रीय सल्लहाकार परिषदका सदस्यका गणेश शर्मा पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, पूर्व सांसद जुना नेपाली, समानुपातीक उम्मेदवार कमला पन्त लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!