पर्वतको मोदी गाउँपालिकामा मोदी कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु - News site from Nepal

पर्वत – पर्वतको मोदी गाउँपालिकामा मोदी कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । मोदी युवा संजालको आयोजनामा संचालन गरिएको प्रतियोगिता १८ गते सम्म संचालन हुने भएको छ ।
वडादशै तथा दिपावलीको अवसरमा शुरु भएको प्रतियोगिताको आइतवार मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै लामिछानेले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले खेल क्षेत्रको विकासका लागि मोदी गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै गाउँपालिकाभित्रका खेलाडीहरुको विकासका लागि प्राथमिकताका साथ योजना बनाएर लाग्ने बताउनुभयो ।


प्रतियोगिता उद्घाटनका क्रममा गाउँपालिकाका इन्जिनियर नविन साहि, नेपाली काँग्रेसका दिपेन्द्रजंग लामिछाने, लगायले बोल्नुभएको थियो । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले रु ७० हजार, द्धितियले रु ३० हजार र तृतियले १५ हजार पुरस्कार पाउने भएका छन् । यसैबीच आज उद्घाटन खेल सम्पन्न भएको छ ।
पातीचौर फुटबल क्लव र तिलाहार फुटबल क्लव बीच भएको खेलमा तिलाहारले २-० गोल अन्तरले बिजयी भएको छ । मोदी युवा संजालका अध्यक्ष समिर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विशाल महत र संचालन मनु विकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!