पर्वतमा आयोजित भलिबल प्रतियोगिताको उपाधि भँगरालाई - News site from Nepal
पर्वतमा आयोजित भलिबल प्रतियोगिताको उपाधि भँगरालाई

पर्वत- पर्वतमा आयोजित जिल्ला स्तरीय भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा फलेवास नगरपालिका ९ भंगराको टोली प्रथम भएको छ । महाशिला गाउँपालिका ५ लुंखुलाई फाईनलमा लगातार तीन सेटमा पराजित गर्दै भंगारा बिजेत बनेको छ ।
प्रथम भएको भंगाराले ७५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ । महाशिला दोस्रो हुँदै ४० हजार र ट्रफी प्राप्त गरेको छ । तेस्रो भएको मोदी गाउँपालिका २ देउपुरले २० हजार र ट्रफी पाएको छ भने सान्त्वना भएको मोदी १ भुकताङलेको टोलीले १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेको छ ।
पर्वत स्पोर्ट हाउसले आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको थियो । विजेतालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जोशीले खेलकुदको विकासमा अहोरात्र खटिएका खेलाडी तथा व्यवस्थापकको राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो । खेलकुदले जिल्लाको नाम र मान राख्ने भएकाले कुश्मा नगरपालिकाले संधै खेलकुदको विकासमा ध्यान दिँदै आएको नगरप्रमुख जोशीले बताउनुभयो । पर्वत जिल्लामा खेलाडी उत्पादन हुँदै गएकोमा गर्व लागेको बताउँदै मेयर जोशीले जिल्लाको नाम राख्न सफल खेलाडीलाई अझै माथी पुग्न प्रोत्साहन गरिने जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले कार्यक्रमको समापन गर्दै आयोजक देखि सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!