अधिबेशनबाट अध्यक्षमा राजेश पौडेल, उपाध्यक्षमा पाण्डववहादुर श्रेष्ठ, महासचिव कृष्ण खनाल, सचिवमा दिपेन्द्र तिमिल्सीना, कोषाध्यक्षमा भगवती शर्मा,सह कोषाध्यक्ष शिवप्रसाद पराजुली चयन हुनुभएको छ । उद्घाटन कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सचिव यामनाथ पौडेलले चुनौती र जोखिमका बिच औषधी व्यवसायीहरुले मानविय सेवामा आफुलाई समर्पित गर्दै आएको बताउनुभयो । औषधी व्यवसायीहरुको एकता र आपसी सहयोगका लागि उहाँले आग्रह गर्नुभयो ।

पौडेलले सबै जिल्लामा औषधी व्यवसायी संघ गठन गर्ने र आफ्ना हकहितका बारेमा बोल्न सहज हुने भएकाले केन्द्रिय समितिले संघ नभएका जिल्लामा पनि अहिले गठन गर्न थालेको बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष रामबहादुर केसी, कास्कीका अध्यक्ष विक्रम पन्त, धौलागिरीका टेकनारायण केसी, अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको उदेश्यको बारेमा औषधी व्यवसायी संघ धौलागिरीका पूर्व उपाध्यक्ष शशिधर पौडेलले जानकारी दिनुभयो । अधिबेशन आयोजक समितिका सदस्य गणेशमान श्रेष्ठको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य बालकृष्ण पौडेलले गर्नुभएको थियो । अधिबेशन आयोजक समितिका अध्यक्ष मोहन थापाको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।