नेकपामा पुर्ब समुह भन्ने नै छैन : प्रबक्ता श्रेष्ठ - News site from Nepal
नेकपामा पुर्ब समुह भन्ने नै छैन : प्रबक्ता श्रेष्ठ

पर्वत/ सत्तारुढ नेपाल कम्युनिष्ट(नेकपा)का सचिबालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पुर्ब एमाले र पुर्ब माओबादी भन्ने समुह नै नभएको दाबी गर्नुभ्एको छ ।
प्रेस संगठन पर्वतले कुस्माबजारमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबत्ता श्रेष्ठले पार्टीमा पुर्व समुह भन्ने नै नरहेको दाबी गर्नुभएको हो ।
‘पार्टीमा पुर्ब समुह भन्ने नै छैन’ उहाँले भन्नुभयो ‘पुर्ब समुह भन्ने बिषय अब पार्टीमा इतिहाँस लेख्ने बेला मात्रै आउँछ’ पार्टीका नेता बामदेब गौतमको निवास भैसेपार्टीमा भएको छलफलमा सभामुख छनौटका बिषयमा कुनै छलफल नै नभएको र बिषय नै प्रबेश नभएको दाबी प्रबक्ता श्रेष्ठको छ । संबिधान संशोधनको बिषयमा छलफल भएको जानकारी उहाँले दिनुभयो । पार्टीमा स्थायी गुट र शिबीर राख्ने कुरा गलत भएको र आफुँ हिजै देखि त्यसको बिपक्षमा भएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘स्थायी रुपमा गुटबन्दी गर्न जरुरी छैन’ उहाँले भन्नुभयो ‘म सधै त्यसको बिपक्षमा नै छु’
पार्टीले सभामुख बन्ने ब्यक्तिको टुंगो आइतबार साँझ वा सोमबार बिहान सम्म लगाई सक्ने बताउनुभएको छ । ‘सभामुख बन्ने ब्यक्तिको टुंगो लाग्छ’ उहाँले भन्नुभयो ‘माघ ६ गतेको प्रतिनिधीसभाको बैठक सुचना टाँसेर स्थगित गर्ने अबस्था आउँदैन’ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलाी र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै टुंगो लगाउने र सचिबालयले अनुमोदन गर्ने बिश्वास उहाँको छ । सभामुख बन्ने ब्यक्ति र कुन पुर्व समुहको हुन्छ भन्ने प्रश्नमा उहाँले उत्तर दिन चाहनुभएन । जो बनेपनि नेकपाकै बन्ने उहाँको भनाई छ । नेकपाले सभामुख पाउनका लागि उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेले भने राजिनामा दिनुपर्ने अडान श्रेष्ठले दोहो¥याउनुभयो । ‘उपसभामुख भैसकेका कारण उहाँले सभामुखमा दाबी गर्नु जायज छ’ उहाँले भन्नुभयो ‘पार्टीले सभामुख छान्नका लागि उहाँले राजिनामा दिनु अनिवार्य छ, राजिनामा आउँछ’
अर्को प्रसंगमा मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्र हितमा हुने गरी पार्टीको सचिबालयले एकमतले पारित गर्ने निर्णय हुने बताउनुभयो । पार्टीका सचिबालय र स्थायी समितिका सदस्यहरुले समेत एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रबक्ता श्रेष्ठले अहिले मत बिभाजनको अबस्था देखिएपनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गर्नुभयो । ‘ एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ’ उहाँले भन्नुभयो ‘पार्टी सचिबालयले एकमतले नै पारित गरेर अघि जान्छ’ छलफल हुनु स्वभाविबकै भएपनि पार्टीको सचिबालयलाई निर्णय गर्ने अधिकार भएकाले सर्बसम्मत निर्णय भएर जाने बिश्वास उहाँको छ । उहाँले कुनै पनि नेता कार्यकर्ताले एमसीसीको विषयमा तनाव लिन आवस्यक नभएको प्रष्ट पार्नुभयो । सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताउनुभयो । ‘महाकालीबाट पाठ सिकेकाले राष्ट्रहितमा निर्णय हुन्छ’ उहाँले भन्नुभयो ‘एमसीसी अन्ध सर्मथन वा विरोध गर्ने भन्दा मनन गरी धारणा बनाउनुस ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!