मलेसियाबाट १५ हजार गैरकानुनी नेपालीले जेल नबसी नेपाल फर्किन पाउने - News site from Nepal

काठमाडौं : रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो। ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन। मानवबहादुरको वैधानिक भिसा छैन।
उनी मलेसियाको आवसीय कानुनविपरीत बसिरहेका छन्। गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका ‘मानबहादुरहरू’लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ। भिसा नभई म्याद सकिएर अभिलेखविहीन (गैरकानुनी) भई बसेका विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने अवसर साउन १६ (अगस्ट १) देखि पुस १५ (डिसेम्बर ३१) सम्मको तोकिएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।
यो समयमा फर्किने कामदारले जेल बस्नु पर्दैन। ‘कम्तीमा १५ हजार नेपाली गैरकानुनी रूपमा बसेको हुनुपर्छ, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!