नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार - News site from Nepal
नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार

आज वैशाख १६ गते सोमबार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा एकै चालकले हजार किमि शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइएका अनुसार ट्राफिकलाई घुस दिएर दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको यात्रा एक जना ड्राइभरले गराएको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै सडकले नास्यो ट्रेकिङ रुट शीर्षकको समाचार प्रकाशन भएको छ । जहाँ ट्रेकिङको भर्जिन गन्तव्य क्व्होलासोथरमा मोटर पुग्न लागेको समाचार प्रकाशन भएको छ । क्व्होलासोथरमा पदमार्गको सट्टा मोटर बाटो लैजान जनप्रतिनिधि नै अघि सरेको समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै कान्तिपुर दैनिकमा नेकपाका तीन सचिवद्वारा शपथ अस्वीकार शीर्षकको समाचार प्रकाशन भएको छ । समाचारमा जनाइए अनुसार पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले शपथ अस्वीकार गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतवार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशी अनुपस्थित भएका हुन् । उनीहरुले आफूहरुको मर्यादाविपरीत पद दिएको भन्दै शपथ नलिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!