चुवा वासीलाई कामनासेवा विकास वैक को घरदैलो सेवा - News site from Nepal
चुवा वासीलाई कामनासेवा विकास वैक को घरदैलो सेवा

पर्वत- प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक कुश्मा शाखाले जनताको घरदैलोमा सेवा दिने अभिप्रायले आज चुवामा एक कार्यक्रमको आयोजना गरेको छ ।
बित्तिय साक्षरता कार्यक्रम गर्दै बैकले जेष्ठ नागरीक एकल महिला तथा फरक क्षमता भएका ब्याक्तीहरुका लागी घरदैलो सेवा प्रदाना गरेको कुश्मा शाखाका शाखा प्रवन्धक टंकनाथ लामिछाने ले वताउनुभयो । कुनपा ८ चुवा को कार्यवाहाक अध्यक्ष र्निमला शमाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि स्थानिय जनता तथा बैकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम मा वोल्दै प्रमुख अतिथि शर्माले वैक ले दिएको सेवा को प्रशंसा गर्नुभएको थियो । सो कार्यक्रम वाट २४६ जानाले सेवा लिएका थिए । हाल धौलागीरी क्षेत्रमा बैक को उपस्थीती कुश्मा,डिमुवा म्यादीको वेनि तथा वाग्लुङ्गको गलकोटमा रहेको र निकट भविश्यमानै वाग्लुङ्ग वजारवाट समेत सेवा प्रदान गर्ने योजना रहेको वैक ले जनाएको छ । वैकको धौलागीरी क्षेत्रका अन्य शाखाहरुले समेत धरदैलो सेवा दिने तयारीमा रहेको वताइएको छ ।
जनतालाई बित्तिय सेवा दिने उदेश्यले कामना सेवा बिकास बैक संगाको सहकार्यमा घरदैलो सेवाको सुभारम्भ गरेको वडा अध्यक्ष राजकुमार क्षेत्री ले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!