मानव अधिकार उल्लंघनमा नागरिक नै दोषी ः प्रमुख पौडेल - News site from Nepal
मानव अधिकार उल्लंघनमा नागरिक नै दोषी ः प्रमुख पौडेल

पर्वत–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्षपुस्तक २०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते पर्वतमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले मानव अधिकार उल्लंघनमा नागरिक नै दोषी रहेको बताएका छन् । कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समयमा मानव अधिकारको संरक्षणमा राज्य जवाफदेही बन्दै गएको प्रष्टाउँदै नागरिकको लापरबाहीका कारण मानव अधिकार अपराधका घटना घटेको बताए ।
उनले इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार बर्ष पुस्तक न्यायिक तथा अर्धन्यायिक क्षेत्रहरुका लागि मानव अधिकार घटना सर्वेक्षणमा प्रभावकारी बन्दै आएको बताउँदै शिक्षा, खानेपानी, स्वास्थ्य, खाद्यन्न लगायतका क्षेत्रमा हुने मानवअधिकार हनन्का घटनाहरुलाई पनि जोड दिन सुझाव दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदीले मानव अधिकार उल्लंघन नैतिक विषय र मानवअधिकार सम्बन्धि अपराध कानुनी विषय भएको बताउँदै राज्य सम्बेदनशील बन्दै गएको तर नागरिकहरु अपराधमा अझै सक्रिय बन्दै गएको धारणा राखेका थिए ।
समीक्षा कार्यक्रममा नेकपा पर्वतका नेता भक्त कुँवर, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठ, नागरिक सञ्जाल पर्वतका संयोजक मानकुमारी गिरी, गैह्र सरकारी संस्था महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा रेग्मी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायत अन्य सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
समिक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि सन्तोष थापाले सन् २०१९ जनवरी देखि हालसम्म गरी ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका १४ वटा मानव अधिकार सम्बद्ध घटनाहरू प्रस्तुत गरेका थिए । जसमध्ये घरेलु हिंसाका ४ वटा, यौन दुव्र्यबहारका ४ हत्या १, राज्यपक्षबाट गिरप्mतार २, कुटपिट १, विष्फोटबाट क्षति १ र खाद्य सुरक्षा सम्बन्धि १ घटना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!