पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक - News site from Nepal
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक

 काठमाडौं : पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ।
भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ। उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षको लागि कँडेल चुनाव लडेका थिए।
सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचति भएका थिए भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।
निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन्। कँडेल भारती नागरिक भएको विषयमा अख्तियारमा उजुरी परेको छ।
अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ। तर, कँडेलले भने आफू भारतको अस्थायी बासिन्दा मात्रै भएको दाबी गरेका छन्। उनी कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाटबाट निर्वाचित प्रतिनिधिसभाको सांसद हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!