नेकपा सचिवालय बैठक आज, मन्त्रिमण्डल फेरबदलबारे छलफल हुने - News site from Nepal
नेकपा सचिवालय बैठक आज, मन्त्रिमण्डल फेरबदलबारे छलफल हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ। पार्टी एकताको अन्तिम टुंगो लगाउन र मन्त्रीमण्डल हेरफेरबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ।
विहान आठ बजे सुरु हुने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। यसअघि हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज छलफल गर्न लागेको नेकपाले जनाएको छ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन। बैठकमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा हुदैछ। नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल हुने जनाइएकाे छ।
मन्त्रिमण्डल फेरबदलसँगै सभामुख चयन बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!