पर्वतमा यसरी मनाईयो विपद न्यूनिकरण अन्तर्राष्ट्रिय दिवस - News site from Nepal
पर्वतमा यसरी मनाईयो विपद न्यूनिकरण अन्तर्राष्ट्रिय दिवस

पर्वत–विपद न्युनिकरणका लागि अन्तराष्ट्रिय दिवस २०७६ को अवसरमा पर्वतमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रभातफेरि कार्यक्रम जिल्ला प्रशासन कार्यालयदेखि लोकतान्तिक चोक, आचार्य चोक, मैत्रि चोक, प्रगति चोक हुँदै पुन जिल्ला प्रशासन कार्यालयमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहरवि पौडेलले विपद जुनसुकै बेला र जुनसुकै परिस्थितमा पनि आइपर्ने बताउँदै हरेक समयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लामा आउने सम्भावित जोखिमहरुको व्यवस्थापनका लागि तयारी अवस्थामा रहनुपर्ने बताउँदै त्यसका लागि प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरुबीचको समन्वय र सहकार्यलाई वढाउनुपर्ने बताउनुभयो । सो अवसरमा नेकपाका नेता भक्त कुवर, नेपाली काँग्रेसका जिल्ला सदस्य चुडामणि शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, गैसस महासंघका जिल्ला अध्यक्ष शिव प्रसाद रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!