पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोईरालको ८० औँ जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सरकारका कारण काँग्रेसलाई मुलुकको शान्ति सुरक्षासँगै संविधान र राष्ट्रियताप्रति चिन्ता बढेको बताउनुभयो ।
काँग्रेसलाई चुनाव हारेको चिन्ता नभई मुलुकको शान्ति सुरक्षासँगै संविधान र राष्ट्रियताप्रतिचिन्ता बढेको बताउनुभयो । २००७ सालको राजनितिक परिवर्तन देखि मुलुकमा जनताद्धारा निर्वा्चित जनप्रतिनिधिबाट संघिय लोकतान्त्रिक संविधानको निमार्ण जस्ता कार्यको नेतृत्व नेपाली काँग्रेसले गरेकाले अबका दिनमा संविधान कार्यन्वयनका लागि र नेपाली जनतालाई सम्वृद्धि बनाउन नेपाली काँग्रेसको नेतृत्व विना संम्भव नभएको जिकिर गर्नुभयो ।
नेता जोशीले सरकार भष्ट्राचारमा लिप्त रहेको पनि दोहो¥याउनु भयो । सरकारले भष्ट्राचार, बलात्कार, हत्या हिँसा जस्ता जघन्य अपराधहरुलाई प्रोत्साहन गरेको भन्दै खवरदारी गर्न नेवि संघलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको जोशीले पराजित मानसिकता छडेर उच्च मनोबलका साथ पार्टी्भित्र बृहत एकता कायम गरेर जनतालाई आश्वास्त पार्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेलले नेपाली विद्यार्थी संघले पार्टीमा पुलको रुपमा काम गरेको बताउनु भयो ।
उहाँले पार्टीलाई चलयमान बनाउन नेवि संघको छिट्टै महाधिवेशन गराउनु पर्ने माग गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डाक्टर चुडामणि शर्मा, सरस्वती शर्मा जिज्ञासू, देविप्रसाद विलासी, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव अधिकारी, नेपाल निजामती कर्मचारी युनियन संघका नेता धुव्र सुवेदी, नेवि संघ पर्वतका उपाध्याक्ष किशोर सुवेदी, सचिव बरदान पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस सचिव सन्तोष पाठकले गर्नुभएको थियो ।






