पर्वत । जापानमा रहेका पर्वतेहरुले फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा र महाशिला गॉउपालिका अध्यक्ष राजु पौडेलसंग पर्वत जिल्लाको योजना, विकास र सम्भावनका बारेमा जापानमा रहेका पर्वतबासीसंग अन्तरक्रिया सम्पन्न भएको भयो ।
सघिय संरचनामा गईसकेपछिको विकासको चरण, पर्वतमा भईरहेको विकास र सम्भावनाहरुका बारेमा मेयर शर्मा र पौडेलले आ-आपनो विचारहरु राख्दै, जापानमा रहेका पर्वतेहरुलाई जनशक्ति विकास र लगानी गर्न अनुरोध गर्नु भयो । स्थानिय सरकारसँग बजेट भएपनि उपयुक्त जनशक्तिको खाँचो रहेको दुबै प्रमुखहरुको भनाई थियो ।
एक घर एक रोज़गारको घोषणा गरेको पहिलो गाउपालिका भएको महाशिला गाउपालिका अध्यक्ष पौडेलले युवाहरुलाई सिप सिकाउदै गाउपालिकामा नै रोज़गार श्रृजना गर्न गाऊँ पालिकाले विभिन्न योजनाहरु शुरुगरी सकेको जानकारी दिदै आगमि दुई वर्ष भित्र गाउपालिकामा दक्ष जनशक्ति बनाई सबैलाई रोजगारी दिईने बताउनु भयो ।
त्यसैगरी फलेवास नगर पालिका मेयर पदमपाणि शर्माले जनतासंग जब सम्म आम्दानीले उनिहरुले जिवन उकास्न सकिएन भने संघियता सहितको नयॉ संरचनामा पनि समस्या आउन सक्ने बताउँदै, स्थानिय संरचना पहिलाको गाविस जस्तो नभई स्थानिय सरकार भएको र सरकारको महशुस दिन सक्नु पर्ने बताउनु भयो । उहाले अबको दुई वर्ष भित्र सबै सडक कालोपत्रे भईसक्ने र गाउमा उत्पादन हुने सबै उत्पादनहरुलाई उचित बजार सम्म पुर्याउन बजेट छट्टाईएको जानकारी दिनुभयो ।
फलेवास नगरपालिकाले विकासको विभिन्न चरणको तय गर्दै अधि बढेको बताउदै मेघा प्रोजेक्ट रुपमा संघिय सरकारसगको सहकार्यमा जलसय युक्त १ हजार मेघावटको कालिगन्डाकि जलविद्दुतको लागि काम शुरु भएको जानकारी दिनुभयो ।
पर्वत समाज जापान र फलेवास सम्पर्क समाज जापानको सहकार्यमा भएको कार्यक्रममा ब्यबसायि तथा एनआरएन आईसिसिका सदस्य महेश श्रेष्ठ र ओम गुरुङ, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, ओएनफ जापानका उपध्यक्ष बाबुराम भन्डारी, पर्वत समाज जापानका अध्यक्ष सुजन जोशि, फलेवास सम्पर्क समाजका अध्यक्ष अर्जुन थापा, डा पुर्ण कार्कि, जनक सुवेदी, लगायत पर्वतबासिको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सम्भावनका बारेमा सहभाहिहरुले विचारहरु राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले पर्वतको कृषि, पर्यटन, उधोग र ठुला परियोजनाहरुका बारेमा जिज्ञासा राखेका थिए ।






