तपाईको घर वरपर सेतो पुतली त छैन, छ भने सावधान ! आँखाको दृष्टि गुम्‍ने खतरा - News site from Nepal

काठमाडौं : बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले।
उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पु¥याइन्। त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो। आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो। अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।
पोखरामा भदौ १६ यता सापुका ८ बिरामी भेटिएका समाचार कान्तिपुर दैनिकमा छ। सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन। आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायाका अनुसार हालमसम्म सेतो पुलती (मोथ) लाई सापुको कारकका रूवमा प्रायः जोडिने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!