अरुको नामकाे सिमकार्ड प्रयोग गर्न नपाईने - News site from Nepal
अरुको नामकाे सिमकार्ड प्रयोग गर्न नपाईने

काठमााडौं : अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ।
जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताएको खबर कान्तिपुर दैनिकमा छ।
‘केही दिनमै हामी मोवाइल सेवा प्रदायकमार्फत् सबै प्रयोगकर्तालाई अरुका नाममा भएको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा ल्याउन म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने। तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए।
प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!