पर्वत–पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा आएको ९ महिना पछि दोस्रो साधरणसभा सम्पन्न भएको छ । २०७५ माघ ७ गते देखि कारोबार शुरु गरेको संस्थाको शेयर पुंजी ६ करोड ७ लाख ५० हजार रहेको छ ।
सहकारीले ९ महिनाको अबधीमा १३ करोड ४६ लाख ६६ बचत संकलन गरेको छ भने १२ करोड ४४ लाख रुपैंया लगानी गरेको छ । कुस्माबजारका ब्यबसायी, बिभिन्न सामाजिक संस्थामा संलग्न महिलाहरु संस्थापक र कार्यसमितिमा समेत सबै महिला नै रहेको सहकारीमा २ सय ४३ जना शेयर सदस्य मध्ये पनि महिलाको संख्या दोब्बर भन्दा पनि बढी छ । सहकारीमा १ सय ७५ जना महिला रहेका छन भने ६८ जना मात्रै पुरुष शेयर सदस्यको रुपमा रहेका छन ।
सहकारीको साधारणसभाको अध्यक्ष निला श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले जिल्लाकै सबैभन्दा ठुलो शेयर पुंजी भएको सहकारी भएकाले यस आगामी दिनहरु धेरै बचत तथा ऋणको कारोबार गर्दै उत्कृष्ट बन्ने प्रतिबद्धता जनाउनुभयो ।
साधारणसभाको उद्घाटनका क्रममा सल्लाहका होमनारायण श्रेष्ठले छोटो अवधीमा नै सहकारीले राम्रो सफलता हासिल गरेको कारण यसलाई अझै बढाउँदै जान सुझाब दिनुभयो । सहकारीले आगामी बर्षहरुमा ब्यबसायिक उत्पादनका क्षेत्रहरुमा समेत लगानी गर्दै जाने र राम्रा सहकारीहरु संग मर्जर गर्ने बिश्वास पनि ब्यक्त गर्नुभयो । सहकारीका शेयर सदस्य तथा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले सहकारीले बचत तथा ऋणको मात्रै कारोबार नगरि उत्पादनमुलक क्षेत्रमा समेत लगानी गर्न आवश्यक छ भन्नुभयो । शेयर सदस्य तथा नमुना आवासिय माबिका अध्यक्ष यामप्रसाद शर्माले सहकारीको सुरुवातको कारोबार उत्साहजनक भएकाले यसले आगामी बर्षहरुमा सहकारी ऐनले दिएको अधिकार अनुसार ६० करोडको कारोबार गर्ने लक्ष्यमा पुग्नुपर्छ भन्नुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष ज्ञानुकुमारी श्रेष्ठ र सचिब माया अधिकारीले पनि सहकारीका बारेमा बोल्नुभएको थियो ।






