कुश्माबजारवाट २२ लिटर अखाद्य घ्यु जफत गरी नष्ट - News site from Nepal
कुश्माबजारवाट २२ लिटर अखाद्य घ्यु जफत गरी नष्ट

पर्वत– कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीले सोमवार गरेको अनुगमनका क्रममा अखाद्य घ्यु भेटिएको हो ।
कुश्मा नगर पालिकाको सहकार्यमा बजार अनुगमन सहित अन्तरक्रिया गरिएको थियो । विषेश गरी राजमार्ग आसपासका होटलहरुमा खाना बनाउने र विक्रि वितरण गर्नेमा भईरहेको लापरबाही बारेमा जानकारी गराउँदै लापरबाही दोहोरीएमा हुने कार्वाहीका बारेमा प्रशिक्षण गराइएको हो ।
यसैबीच शिवालय चोक बजार क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पौडेल स्टोर र स्वर्ग डिपार्टमेन्टल स्टोरबाट अखाध्य घ्यु जफल गरिएको छ । २२ लिटर गुणस्तरहिन घ्यु फेला पारेर नष्ट गरिएको कुश्मा नगरपालिकाले जनाएको छ ।
वेकरी सर्टेनिङ्ग नामको उत्पादन, प्याकेजीङ तथा विक्रिवितरण गर्न नपाईने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिपत्र अनुसार १० केजीभन्दा कम तौलको राखेर विक्रि गरेको पाईएपछि जफत गरिएको हो । आधा आधा केजीको प्याकेजीङ गरेर विक्रि गर्न थालिएको पाईएको थियो । उक्त अखाद्य घ्यु जेनीसा केमीकल प्याकेजिङ ईन्टष्ट्रिज पोखराले उत्पादन गरेकोमा जफत गरेर नष्ट गरीएको हो । कार्यलयका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले अनुगमनका क्रममा होटल रेष्टुँराहरुमा किचन देखी खाना खुवाउने स्थल बढी भएको खाना व्यवस्थापनमा लापरवाही भईरहेको बताउँदै आगामी दिनमा नदोहोरीने बारेमा कानुनी कारवाहीको प्रशिक्षण गराएका बताउनुभयो ।
कुँवरले होटल व्यवसायीहरुको लापरबाही नसुध्रिएका कारण पनि खाद्यान्न सुरक्षाका लागी कुश्मा नगर पालिकाको सहकार्यमा अतरक्रिया सहित अनुगमन गरिएको बताउनुभयो ।

नगर पालिकाका अधिकाँस होटलमा खाना बनाउने देखी खाना ढु्‌वानी र खाना राख्ने विधि लापरबाहीपुर्ण रहेको कार्यक्रममा बताइएको हो । प्रशिक्षणमा काँचो खाद्यान्न भण्डारण देखी फ्रिजको राख्ने विधि, पकाउँदा आपनाउनु पर्ने सुरक्षा विधि खानको गुणस्तर सुरक्षाका बारेका होटल व्यवसायीहरुलाई प्रशिक्षण गराइएका हो । खाना पकाउँदा प्रयोग हुने घ्यु तथा तेल पनि गुणस्तर यूक्त नहुने गरेको र पटक पटक दोहोराएर एउटै तेलमा खाद्यबस्तु पकाउने गरिएको बारेमा समेत होटल व्यवसायीलाई प्रशिक्षण गराइएको हो ।
खाध्यन्न उत्पादन देखी खाना पकाउँदा सम्म हुने लापरभाई विरुद्ध नेपालमा बनेका कानुन र कार्वाहीका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीका प्रमुख विजन श्रेष्ठले प्रशिक्षण गराएका हुन ।
एक सय जना भन्दा बढी होटल व्यवसायी सहभागी भएको प्रशिक्षणमा केही होटल र खाद्यान्न पसलको समेत अनुगमन गरिएको थियो । कार्यक्रममा कुश्मा नगर उपप्रमुख स्वस्थानी रिजाल र कुश्मा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!