पर्वतमा भएको अन्तरपालिका वक्तृत्वकलामा पैयुँकी सापकोटा प्रथम - News site from Nepal

पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग, पर्वतद्वारा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा पैयुँ गाउँपालिकाकी शिला सापकोटा प्रथम बनेकी छिन् ।
नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज २०८३ को अवसरमा सङ्गठन अन्तर्गतको महिला विभाग पर्वतको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । जिल्लाका सात वटा पालिकामा आयोजना भएको पालिका स्तरीय प्रतियोगिताबाट उत्कृष्ट भई आएका प्रतिस्पर्धीहरूबिच भएको प्रतिस्पर्धामा जनसेवा संस्कृत माध्यमिक विद्यालयकी सापकोटा प्रथम बनेकी हुन् । यस्तै नवजागृत माध्यमिक विद्यालय मोदी गाउँपालिकाकी साँची सुवेदी द्वितीय, शारदा माध्यमिक विद्यालय फलेवास कुर्घाकी सोनिया पौडेल तृतीय र नारायण माध्यमिक विद्यालय कुश्माकी इशिका पुरी सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बनेकाहरूले पुरस्कार स्वरूप क्रमशः छ हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन् । कार्यक्रममा सहभागी भएका अन्य विद्यालयका प्रतिस्पर्धीहरूलाई पनि सहभागिताको प्रमाणपत्र दिइएको छ ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार राष्ट्रिय समिति सदस्य नवराज भुसाल, द्वितीय पुरस्कार पोखरा निवासी दिया चापागाईँले आफ्ना छोरीहरू विष्णु चापागाईँ र कोपिला चापागाईँको सम्झनामा, तृतीय पुरस्कार जिल्ला समिति पर्वतका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पौडेल र सान्त्वना पुरस्कार पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक दुर्गादत्त पौडेलले आफ्नो छोरा प्रकाश पौडेलको स्मरणमा सौजन्य गरेका थिए ।
उपाध्यक्ष तथा महिला विभाग संयोजक गङ्गा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समिति सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज गङ्गा कुमारी शर्मा रहेकी थिइन् । यस्तै, राष्ट्रिय समिति सदस्य एवं पर्वत जिल्ला इन्चार्ज नवराज भुसाल, राष्ट्रिय समिति सदस्य एवं कास्की जिल्ला इन्चार्ज चिरञ्जीवी अधिकारी, अतिथिहरू प्रदेश समिति सचिवालय सदस्य चक्रपाणि सापकोटा, जिल्ला समिति अध्यक्ष सुरेन्द्र शर्मा गौतम, प्रदेश समिति सदस्य गीता देवी घिमिरे, इन्द्र प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव हुमा कुमारी शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!