पर्वतमा जेनजीको आन्दोलन शान्तिपुर्ण, बैंक, विद्यालय र यातायात ठप्प  - News site from Nepal
पर्वत २४ भदौ : देशभर जस्तै पर्वतमा पनि जेनजी युवाहरुको आन्दोलन विहानैदेखि जारी रहेको छ ।
युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन् । सरकार र शिर्ष नेता विरुद्ध नाराबाजी गर्नुका साथै भ्रष्टाचार विरोधी पर्चा पम्प्लेटहरु प्रदर्शन गरिएको छ । आन्दोलनका कारण सदरमुकाममा सरकारी तथा निजि विद्यालयहरुमा पठनपाठन ठप्प रहेको छ ।
यसैगरी बैंक तथा वित्तिय संस्थाहरु समेत बन्द गरिएको छ भने लामो तथा छोटो दुरीका सवारीसाधन समेत संचालन भएका छैनन् । जेनजी युवाहरुको आक्रमणमा पर्न सक्ने भन्दै यातायात व्यावसायीले सवारी थन्क्याएर बसेका हुन् ।
युवाहरुले जिल्ला प्रशासन कार्यालयको गेट घेराउ गर्दा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका कामले आएका सेवाग्राहीहरु प्रभावित बनेका छन् । युवाहरुको आन्दोलनका कारण अहिलेसम्म कुनै अप्रिय घटना भने नएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच जिल्लाको पैंयू, विहादी र जलजला गाउँपालिकाले आज र भोली शोकविदा भन्दै निजि तथा सार्वजनिक विदालयमा बिदा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!