एमाले पर्वतको अध्यक्षमा शर्मा र पहाडी चुनावी मैदानमा, कसको होला पल्लाभारी ? - News site from Nepal
पर्वत ३०  चैत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अन्तत निर्वाचन हुने भएको छ । गत मंगलवार वाट अधिवेश शुरु भएकोमा सहमतीको प्रयास असफल भएपछि प्यानल बनाएर दुई पक्षीय प्रतिस्पर्धा हुन लागेको हो ।
आगामी नेतृत्वका लागि अध्यक्षमा भर्खरै निवर्तमान हुनुभएका उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोविन्द पहाडी गिरी बीच प्रतिस्पर्धा हुने भएको पार्टीले जनाएको छ ।
शर्मा र पहाडीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । नेपालकै कान्छो नगरप्रमुख बनेर फलेवास नगरपालिकालाई नेपालमै उत्कृष्ट नगरपालिका बनाउन सफल शर्माले यस अघि पार्टीको जिल्ला सदस्य, सचिवालय सदस्य, उपसचिव, सचिव हुँदै उपाध्यक्षको कार्यभार समेत सम्हालिसक्नुभएको छ । उपाध्यक्ष भैसकेपछि स्वःत आफु अध्यक्षको उम्मेदवार भएकाले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको शर्माले बताउनुभयो । उहाँ नेकपा एमाले पर्वतको पुर्व संगठन विभाग प्रमुख, अनेरास्ववियू पश्चिमाञ्चल क्षेत्रीय व्यूरोको पूर्व प्रमुख, अनेरास्ववियू धौलागिरी अञ्चल कमिटिको पुर्व इन्चार्ज तथा अनेरास्ववियु पर्वतको पूुर्व अध्यक्षको कार्यभार समेत सफलतापुर्वक सम्हालिसक्नुभएको छ ।
शर्माले विद्यार्थीकाल देखिनै राजनीतिलाई मुख्य सेवा र पेशाको रुपमा अंगाल्दै अहिले अध्यक्षको उम्मेदवार बन्नुभएको हो । उहाँलाई जिल्ला अध्यक्ष राजु पौडेल, उपसचिब शिव पौडेल लगायत संविधानसभा सदस्य विकास लम्साल, प्रदेश कमिटि उपसचिब मञ्जु अधिकारी, प्रदेश सांसद भक्त कुँवर, मित्रलाल बस्याल लगायतलको समर्थन रहेको छ ।
त्यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी गोविन्द पहाडी पनि लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहनुभएको छ । जिल्ला सदस्य, उपसचिब, सचिवको कार्यकाल पुुरा गर्नुभएका पहाडी अहिले अध्यक्षको प्रतिस्पर्धाका लागि मैदानमा उत्रिनुभएको हो । लामो समय गैरसरकारी संस्थामार्फत सेवा गर्नुभएका पहाडी यस अघि पर्वत जिल्ला अस्पतालको अध्यक्ष बन्नुभएको थियो भने उहाँ अडिटर समेत हुनुहुन्छ । पहाडी शिवालय बहुमुखी क्याम्पसको पूर्व अध्यक्षको रुपमा समेत कार्यकाल सम्हालिसक्नुभएको छ ।
अन्य सवै पेशा व्यावसाय छाडेर शुद्ध राजनीतिमा लागेको र सवैको साथ र सहयोगमा अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो । पहाडीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन देखिएको छ ।
अध्यक्षका दुवै उम्मेदवारले आ-आफ्नो जीत हुने दावी गरेका छन् । आफ्नो अहिलेसम्मको अमुल्य जीवन केवल पार्टीका निम्ति समर्पण गरेकाले पनि आम प्रतिनिधिहरुले आफुलाई मतदान गर्ने अध्यक्षका उम्मेदवार शर्माले बताउनुभयो । शर्मा जनआन्दोलनमा पनि खरो रुपमा उत्रिनुभएको थियो भने उहाँले झण्डै एक महिना हिरासतमा समेत बस्नुभएको थियो ।
शर्माले भन्नुभयो म विद्यार्थीदेखिनै पार्टीको झोला बोकेर संगठन निर्माणका लागि पसिना बगाएकोले कार्यकर्ताको साथ र समर्थन पाउनेमा विश्वस्त रहेको रहेको बताउनुभयो । पार्टीलाई कसरी जनताबीच लोकप्रिय बनाउने, आम कार्यकर्ताहरुलाई कसरी पार्टीमुखि बनाउने भन्ने भिजन, मिसन र अठोट आफुसँग रहेको शर्माले बताउनुभयो ।
यता पहाडीले पनि पार्टीलाई गतिशिल बनाउनका लागि आफु पार्टीलाई अपरिहार्य भएको बताउनुभयो । आफु सामाजिक संघ संस्थाहरुमा पनि लामो समयदेखि काम गरेको व्यक्ति भएकाले पार्टी जीवनमा ती अनुभवलाई लागु गर्न अध्यक्षमा दावेदारी प्रस्तुत गरेको बताउनुभयो ।
शर्माको प्यानलमा उपाध्यक्षमा मिनप्रसाद श्रेष्ठ, सचिबमा शिवप्रसाद पौडेल, उपसचिबमा जीवन उच्चै ठकुरी,महिला उपसचिबमा सरिता भण्डारी प्रतिस्पर्धा गर्दैछन् भने पहाडी प्यानलमा उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुवासचन्द्र पौडेल र उपसचिबमा बिन्दु अधिकारी र चण्डी भुर्तेल उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!